विकास गर्न जनताले जिताएको छ: वडा अध्यक्ष अधिकारी



सिराहा – लहान नगरपालिका वडा नं. २२ मा नेपाली काँग्रेस वडा अध्यक्ष सहित प्यानलनै विजय भए लगतै  पदभार ग्रहण गरेका छन्।स्थानीय स्तरबाट राजनैतिक सुरु गरेको श्याम कुमार अधिकारीथारुले २२६ मतान्तरले विजय भएका छन् ।

उनको निकटतम प्रतिद्धनदी जनता समाजवादी पार्टी,नेपालका योगेन्द्र प्रसाद यादवले ६ सय छियान्नबे मत ल्याएका छन्।आधिकारी थारुले नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएका थिए उनले जिते लगतै पदभार ग्रहन गर्दै विकास,शिक्षा ,स्वास्थ्य युवाहरूको रोजगार लगायतका कार्यहरू प्राथमिकताको साथ काम गर्ने बताए।

उनले भने यो मेरो जित होइन जनताको जितको हामी गरिब विपन्न जनताको हक र अधिकार सहितको सेवा दिने बताए । आज पदभार ग्रहण गर्दै भने म जनताले मलाई यो वडाको विकास तथा समृद्धिको लागी जिताएकोले हामी त्यही अनुरूप काम गर्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्