वडा अध्यक्ष यादवले पदभार ग्रहण गर्दै भने अपाङ्ग र नेत्रहीनलाई वार्षिक १० हजार दिने घोषणा



कपिलवस्तु । कपिलवस्तुको बुद्ध भूमि नगरपालिका वडा नम्बर ७ का नव निर्वाचित अध्यक्ष सालिकराम यादवले पदभार ग्रहण गरेका छन् । नगर प्रमुख केशव कुमार श्रेष्ठबाट शपथ ग्रहण गरेपछि आज बुधबार वडा कार्यालयमा यादवले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणसङै यादवले आफ्नो पहिलो प्राथमिकता अपाङ्ग र नेत्रहीन व्यक्तिलाई वार्षिक रूपमा प्रतिव्यक्ति वडा कार्यालय बाट १० हजार दिने घोषणा गर्नु भयो । वृद्ध भत्ता , विधवा भत्ता र बालबालिकाको पोषण भत्ता वडा कार्यालय बाट उपलब्ध गराउन को लागि नगरपालिका बाट पहल गर्ने कुरा बताए । त्यस्तै वडालाई व्यवस्थित र वडाबाट प्रदान गरिने सेवा चुस्त दुरुस्त पार्ने उद्घोष गरेका छन् । वडाको समग्र विकासका लागी आफू सधैँ तयार रहेको कुरा भने ।

नागरिकले लिएर आउने गुनासो सम्बोधन कुन निकायबाट गर्न सकिन्छ ती समस्या समाधानमा ध्यान केन्द्रित हुने यादवको भनाई छ । अबको ५ वर्ष जनताका काममा खटिने बताउँदै उनले राम्रा काममा साथ दिन र गलत भए खबरदारी गर्न आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्