दाङ । लमही चेम्बर अफ कमर्सले निर्वाचित जनप्रतिनिधिलाई बिहीबार स्वागत गर्दै सम्मान गरेको छ । लमही चेम्बर अफ कमर्समा आबद्ध रहेका जनप्रतिनिधि हरूलाई सम्मान गरिएको हो ।
लमही चेम्बर अफ कमर्सका संस्थापक सदस्य तथा सल्लाहकार श्याम नारायण चौधरी लमही वडा नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै संस्थाको महासचिव केशव अधिकारी र संस्थापक सदस्य हरिराम चौधरी लमही ५ को वडा सदस्य र संस्थाको सह कोषाध्यक्ष प्रमोद बस्नेत राजपुर गाउँपालिका वडा नम्बर ७ को वडा सदस्यमा निर्वाचित भएका छन् ।
यिनै ४ जना जनप्रतिनिधि हरूलाई स्वागत तथा सम्मान गरिएको हो । संस्थाका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा समग्र संस्थाको काँधमा जिम्मेवारी आएकोले कुनै आँच नआउने गरी जनताको जनप्रतिनिधि बनेर काम गर्न हौसाए । संस्थाको नाम उच्च रहने गरी पार्टी भन्दा माथि उठेर काखा पाखा नगरी जनताको काममा निरन्तर तल्लीन रहन आग्रह गरे ।
संस्थाका वरिष्ठ उपाध्यक्ष सितल भुसालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा संस्थाकी सदस्य कमला चुँडाली लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिवराज खनालले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।