प्रदेश १ सरकारमा शिल्पी/दलितलाई मन्त्री नियुक्त नगरे सशक्त आन्दोलन गर्ने चेतावनी

अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन र व्यवस्थापन गर्न तीन लाख रुपैयाँको माग


जनता समाजवादी पार्टी नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिले प्रदेश १ सरकारमा शिल्पी/ दलित अनिवार्य बनाउन मुख्यमन्त्री बनाउनु ,अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन र व्यवस्थापन गर्न तीन लाख,ऐतिहासिक श्रमजीवी वर्ग,शिल्पी समुदायको परम्परागत शिल्पकला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न भू-स्वामित्व सहितको शिल्पी सांस्कृतिक सङ्ग्रहालय स्थापना गर्न प्रदेश १ सरकारसङ माग जोडदार माग गरेको हो । बिहीबार प्रदेश १ का मुख्यमन्त्री माननीय राजेन्द्रकुमार राईलाई उनेका कार्यकक्षमा गेटभरि सो कुराको माग गरिएको थियो ।
जसपाका केन्द्रिय सदस्य तथा शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दल मर्दन कामीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा प्रदेश १ को मन्त्रीपरिषद् शिल्पी/दलित समुदायको प्रतिशतका आधारमा बनाइनु पर्ने वा हाललाई कम्तिमा १ जना प्रतिनिधित्व गराइनु पर्ने, सर्वाधिकार सम्पन्न शिल्पी/दलित विकास समिति गठन गरिनु पर्ने,प्रदेश योजना आयोग लगायत सरकारद्वारा गरिने राजनीतिक नियुक्तिहरू समानुपातिक,समावेशी सिद्धान्तका आधारमा गरिनु पर्ने,अति विपन्न शिल्पी/दलित भूमिहीन,अव्यवस्थित बसाइवासी तथा सुकुम्वासीहरूको गाँस,बास,कपास र रोजगारीको व्यवस्था गरिनु पर्ने,शिल्प सम्बन्धी पेसा व्यवसायलाई संरक्षण,प्रवर्द्धन,बजार व्यवस्थापन तथा विशेष अनुदानको व्यवस्था मिलाइनु पर्ने, शिल्पी/दलितका छाेरा छाेरीहरुलाई छात्रवृत्ति सहित उच्च शिक्षासम्म नि:शुल्क शिक्षा प्रदान गरिनु पर्ने,स्वास्थ्य उपचारका लागि निःशुल्क स्वास्थ्य बिमा गरिनु पर्ने,अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन र व्यवस्थापन गर्न तीन लाख रुपैयाँ प्रदान गरिनु पर्ने,वैदेशिक रोजगार मा जान चाहने शिल्पी/दलित युवाहरूलाई विना धितो ऋण उपलब्ध गराइनु पर्ने,घिन्ताङ काण्ड लगायत प्रदेश १ का विभिन्न स्थान र समयमा समाज रूपान्तरणका लागि प्राणको आउती दिने सहिदको सम्मान र उनीहरूको परिवार को व्यवस्थापन गरिनु पर्ने,तथाकथित दलित समुदायलाई ऐतिहासिक पहिचानका आधारमा शिल्पी पहिचान स्थापित गराइनु पर्ने लगायत १५ बुँदे मागहरू राखिएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री राईले यी विषयहरूलाई आफूले गम्भीर रूपमा लिएको र यी मागहरूमाथि छलफल गरी कार्य प्रारम्भ गर्ने बताए । ध्यानाकर्षण पत्र बुझाउन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् शिल्पी विशेष प्रदेश राष्ट्रिय समि तिका अध्यक्ष दल मर्दन कामी,सोही समितिका प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा क्षितिज,सचिव शशीकुमार विश्वकर्मा लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको तियो । सोही टोलीले प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय इन्द्र अाङ्वाेलाई भेटगरि आगामी बजेट विनियोजन गर्दा दलित मैत्री बनाइनु पर्ने लगायत ९ बुँदे मागहरू राखेको तियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्