दर्नाल विश्वकर्मा एकता समाजको अध्यक्षमा राजकुमार दर्नाल

दर्नाल विश्वकर्मा एकता समाजको दोस्रो साधारण सभा सम्पन्न


काठमाडौ ,दर्नाल विश्वकर्मा एकता समाजको दोस्रो साधारण सभा गत शनिवार सम्पन्न भएको छ । चाबहिलको मेरो किचन रेस्टुरेन्टमा भएको साधारण सभाले राजकुमार दर्नाललाई पुन दोस्रो कार्यकालको लागि निर्विरोध अध्यक्षमा चयन गरेको हो । दोस्रो साधारण सभा राजकुमार दर्नालको अध्यक्षता साथै विश्वकर्मा एकीकृत समाजका अध्यक्ष गोपाल प्रसाद विश्वकर्माको प्रमुख आतिथ्यमा भएको थियो भने दलित उत्थान केन्द्र कि अध्यक्ष राजन लोहनी , सञ्चार कर्मी , अधिकारकर्मी सरु सुनार , सुनचाँदी व्यवसायी मोहन दर्नाल देखि विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । विभिन्न सामाजिक सेवा र काम गर्दै आएको दर्नाल विश्वकर्मा समाज २०७७ सालमा कानुनी रूपमा नै विधिगत दर्ता गरी सामाजिक सेवामा क्रियाशील छ । विशेष गरेर विश्वकर्मा भित्रका दर्नालहरूको कुल , इतिहासको खोजी गर्ने , पारिवारिक भाइचाराको सम्बन्ध प्रगाढ गर्ने , बालबालिकालाई शिक्षा , स्वास्थ्यमा जोड दिने र सम्पूर्ण विश्वकर्माहरू भित्रका दुख , अफ्ठेरा र पीडितहरूलाई सहयोग गर्ने र जातीय विभेद र छुवाछूत विरुद्ध दलित आन्दोलनमा समाहित हुने नवनिर्वाचित अध्यक्षले बताए । ठुला सपना सस्ताको नभएको र साना- साना काम गरे ठुला सपना आफै बन्छन् र पूरा हुन्छन् अध्यक्ष दर्नालले थपे । आफू अध्यक्ष सहित १९ जनाको कार्यसमिति चयन भएको उनले जानकारी दिए। जसमा अध्यक्ष – राज कुमार दर्नाल प्रथम उपाध्यक्ष -धन बहादुर दर्नाल दितिय उपाध्यक्ष -अर्जुन दर्नाल महासचिव – श्याम कुमार सचिव – भूपाल दर्नाल कोषाध्यक्ष – जीवन दर्नाल सहित केन्द्रिय सदस्य १९ जना रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्