सभामुखको प्रेस संयोजकमा मल्ल सिफारिस



सैघाली खबर,
दाङ चैत्र । प्रेस सेन्टर दाङका अध्यक्ष एवं पत्रकार महासंघ दाङका उपाध्यक्ष डिल्ली मल्ललाई सभामुख कृष्णबहादुर महराको प्रेस संयोजकका रुपमा सफारिस गरिएको छ । प्रेस सेन्टर दाङको शुक्रवार घोराहीमा बसेको वैठकले मल्ललाई सिफारिस गरेको हो ।
उहाँ दाङबाट प्रकाशित हुदै आएको माओवादी निकट नौलो जनउभार साप्ताहिक पत्रिकाको सम्पादक समेत हुनु हुन्छ । सल्यानको कुमाख गाउँ पालिका घर भएका मल्ल जनयद्धकाल देखि नै पत्रकारितामा क्षेत्रमा क्रियाशिल रहदै आउँनु भएको थियो ।
विभिन्न समयमा जनादेश, जनदिशा, गोरखापत्र,लाल रक्षक,लगायतका पत्रपत्रिकामा रिपोटिङ गर्नु भएका मल्लले नौलो जनउभार, अन्तरध्वनी साहित्यिक त्रैमासिक लगायत विभिन्न पत्रपत्रिकाको सम्पादन गरि सक्नु भएको छ । पत्रकारितामा आउँनु अघि मल्ल माओवादी निकट प्रतिरोध,सामना, लगायतका साँस्कृतिक टोलीमा रहेर काम गर्नु भएको थियो ।
यसै बिच प्रेस सेन्टर दाङको कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष प्रकाश चौधरीलाई दिइएको छ । प्रेस सेन्टर दाङका अध्यक्ष डिल्ली मल्लको अध्यक्ष तथा माओवादी केन्द्रका जिल्ला सह ईन्चार्ज हेमराज शर्माडायमण्डको प्रमुख अतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्