फिचर

श्रीमान् गुमाएकी ममता यादवलाई सन नेपालका प्रबन्धक महतोद्वारा १४ लाख सहयोग

By Saru Sunar

May 31, 2022

सिरहा लहान १८ जेठ-वैदेशिक रोजगारमा साउदी अरेबिया पुगेका सिराहाको गोल बजार नगरपालिका ९ बस्ने बुवा श्रीराम यादव र आमा बिल्टी देवी यादवको करिब ३४ वर्षीय छोरा राम एक वाल यादवले वैदेशिक रोजगारीमा गएका थिए। उनले २०७८-११-१५ गतेका दिन झुन्डिएर आत्म हत्या गरेका हुन्। वैदेशिक रोजगार जीवन बिमा अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती ममता कुमारी यादवलाई श्रीमानको क्रिया खर्च सहित १४ लाखको चेक आर्थिक सहयोग बापत हस्तान्तरण गरेका छन्। मृतक यादवको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा अभिलेख नम्बर FE1000251858 रहेका छन्।उनलाई एक श्रीमती २ छोरी र १ छोरा रहेका छन्।समान्य परिवारको छोरा समेत रहेका यादव आर्थिक सम्पन्न गर्न वैदेशिक रोजगारमा साउदी अरेबिया पुगेका थिए। ऊनी घरको आर्थिक सबलताको लागि पटक-पटक वैदेशिक रोजगारमा साउदी पुगेका थिए। यादव तेस्रो पलट पुनः साउदी पुग्दा घटना घटेका हुन्। मृतक यादवको छोरा छोरीलाई बिचल्ली भएको छ। पीडित परिवारको आफन्त पवन कुमार यादव धन गढीमाई १० र अर्को पवन कुमार यादव धन गढीमाई १३ को रोहवरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान सखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती ममता कुमारी यादवलाई १४ लाखको चेक हस्तान्तरण गरेका छन्।