नेपालगन्जमा रहेको सहिद सेतु बिक को शालिक तोडफोड



नेपालगन्जमा रहेको सहिद सेतु बिक को शालिकमा आज केही युवाहरूले तोडफोड गरेका छन् । धम्बोजी स्थित स्व. राजा वीरेन्द्रको शालिक राख्ने क्रममा नेपालगन्ज तनावग्रस्त बनेको छ। त्यस क्रममा झडप हुँदा हवाई फायरको आवाज सुनिएको छ भने उक्त क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन् ।धम्बोझी चोक देखी करिब १ मिटरको दुरीमा रहेको सहिद सेतु बिक चोकमा रहेको सहिद सेतु बिकको शालिकमा केही युवाहरूले तोडफोड गरेका छन् । तोडफोडको प्रयास गर्ने युवालाई प्रहरीले पक्राउ गरेको भिडियो सार्वजनिक भएको छ । एक हुल युवाहरूले हथौड़ाको प्रयोग गरी सहिद सेतु बिकको शालिक तोडफोड गरेका हुन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्