कविताः गाह्रो छ



नहुने गरिबलाई बाच्न गाह्रो छ
हुने धनीलाई झन्झन् गाह्रो छ
गरिबीमा सपना देख्न गाह्रो छ
देखेका सपनाहरू लेख्न गाह्रो छ!

 भोको पेटलाई  अब त भर्न गाह्रो छ
भरिएको पेटलाई सास फेर्न गाह्रो छ
पलपल मर्नेहरूलाई बाच्न गाह्रो छ
मरेर बाचेकाहरूलाई बाच्न गाह्रो छ!

बाच्दै मर्दै गरेकाहरूलाई बाच्न गाह्रो छ
आजकल गाह्रो भित्र झन्झन् गाह्रो छ
गाउँ घरमा मगहीले बाच्न गाह्रो छ
सहरमा रहरले बाच्न झन् गाह्रो छ!

हजारले अब त बजार धान्न गाह्रो छ
हजारले  अब त झोला भरिन गाह्रो छ
झोलामा ल्याको खोलामा फ्याक्न गाह्रो छ
फ्याकेको फोहोर फ्याक्न झन् गाह्रो छ!

 दल बाट टिकट पाउनै गाह्रो छ
टिकट पाए पनि जित्न झन् गाह्रो छ
मासु भात सेन्तेराम ख्वाउन गाह्रो छ
जितेपछि  उधारा बैना पुरा गर्न गाह्रो छ!

अर्काको बारीमा फलेको तेलको मूल्यको वृद्धि रोक्न गाह्रो छ
महगोमा किनेर सस्तोमा बेच्न  झन् गाह्रो छ
मूल्य वृद्धि रोक्न अब त धेरै नै गाह्रो छ
मगहीले मर्दै बाच्दै गर्नु पर्दा झन्झन् गाह्रो छ!

महगीलाई पाल्न भन्दा आयल निगमलाई पाल्न गाह्रो छ
आयल निगम  घायल निगम हुँदा उपचार गर्न गाह्रो छ!
आजकल धनीलाई  गरिब हुन गाह्रो छ
गरिबलाई पापी पेट भर्न सारो गाह्रो छ!

गाईको बाछोलाई आफ्नी आमाको शुद्ध दूध खान गाह्रो छ
भैंसीको पाडोलाई पनि आफ्नी आमाको शुद्ध दूध खान गाह्रो छ
आफ्नो र अर्को छुट्याउन आजकल गाह्रो छ
गला जोड्ने जति आफ्ना हुन भन्नलाई धेरै गाह्रो छ!

                       राज कुमार कार्की 
                       मे न पा -१५, झापा ।
धन्यवाद ।   
शुभ बिहानी ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्