टप फिचर

कविताः गाह्रो छ

By Thaha - Online

June 04, 2022

नहुने गरिबलाई बाच्न गाह्रो छ हुने धनीलाई झन्झन् गाह्रो छ गरिबीमा सपना देख्न गाह्रो छ देखेका सपनाहरू लेख्न गाह्रो छ!

 भोको पेटलाई  अब त भर्न गाह्रो छ भरिएको पेटलाई सास फेर्न गाह्रो छ पलपल मर्नेहरूलाई बाच्न गाह्रो छ मरेर बाचेकाहरूलाई बाच्न गाह्रो छ!

बाच्दै मर्दै गरेकाहरूलाई बाच्न गाह्रो छ आजकल गाह्रो भित्र झन्झन् गाह्रो छ गाउँ घरमा मगहीले बाच्न गाह्रो छ सहरमा रहरले बाच्न झन् गाह्रो छ!

हजारले अब त बजार धान्न गाह्रो छ हजारले  अब त झोला भरिन गाह्रो छ झोलामा ल्याको खोलामा फ्याक्न गाह्रो छ फ्याकेको फोहोर फ्याक्न झन् गाह्रो छ!

 दल बाट टिकट पाउनै गाह्रो छ टिकट पाए पनि जित्न झन् गाह्रो छ मासु भात सेन्तेराम ख्वाउन गाह्रो छ जितेपछि  उधारा बैना पुरा गर्न गाह्रो छ!

अर्काको बारीमा फलेको तेलको मूल्यको वृद्धि रोक्न गाह्रो छ महगोमा किनेर सस्तोमा बेच्न  झन् गाह्रो छ मूल्य वृद्धि रोक्न अब त धेरै नै गाह्रो छ मगहीले मर्दै बाच्दै गर्नु पर्दा झन्झन् गाह्रो छ!

महगीलाई पाल्न भन्दा आयल निगमलाई पाल्न गाह्रो छ आयल निगम  घायल निगम हुँदा उपचार गर्न गाह्रो छ! आजकल धनीलाई  गरिब हुन गाह्रो छ गरिबलाई पापी पेट भर्न सारो गाह्रो छ!

गाईको बाछोलाई आफ्नी आमाको शुद्ध दूध खान गाह्रो छ भैंसीको पाडोलाई पनि आफ्नी आमाको शुद्ध दूध खान गाह्रो छ आफ्नो र अर्को छुट्याउन आजकल गाह्रो छ गला जोड्ने जति आफ्ना हुन भन्नलाई धेरै गाह्रो छ!

                       राज कुमार कार्की                         मे न पा -१५, झापा । धन्यवाद ।    शुभ बिहानी ।