सिराहा लहान २२ जेठ – सिराहाको धनगढीमाई नगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधि र कृषक महासङ्घ बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।किसानहरूको हक अधिकारको लागि बर्सौँ वर्ष देखि आवाज उठाउँदै आएका राष्ट्रिय कृषक महासङ्घ नेपालले नेपालको अधिकांन्स जिल्लामा रहेको गरिब दलित र सीमान्तकृत समुदायको उत्थानको लागी नगरपालिका र गाउँपालिकाहरु संग समन्वय गरी पछिल्लो बर्षहरुमा सिराहा,सप्तरी र धनुषा लगायतका जिल्लाहरूमा करार खेती गरेका छन्।
नेपालमा सब भन्दा पछि परिएका मुसहर समुदाय नै रहेको एक तथ्याङ्कले बताउँछन्।महासङ्घले पछाडि परीएका संमाङ्गकृत समुदायको उत्थानको लागी कारार खेती सुरु गरेका महासङ्घका कार्यक्रम परियोजना अधिकृत दिलीप कुमार साहले बताए।कार्यक्रममा महसंघका केन्द्रिय कार्यक्रम संयोजक केदार कोइराला,केन्द्रिय उपाध्यक्ष अमिरलाल यादव,जिल्ला अध्यक्ष प्रदीप कुमार सिंह लगायतका पदाअधिकारीहरुको उपस्थिति रहेको थियो।
जिल्ला अध्यक्ष सिंहका अनुसार किसानहरूलाई समयमा मल खाद उपलब्ध र सिचाइको लागि विद्युत्को बिल नि:शुल्क र कृषि ऐन अन्तर्गत एक घर एक उत्पादनमा जोड दिनु पर्ने,किसानहरूलाई कर छुट हुनुपर्ने किसानहरूले उत्पादन गरिएको उपजको उचित मूल्य निर्धारण र बजार व्यवस्थापन, माटोको उपचार जेबिक मल पराङ्गगारीक मल,शिक्षा स्वास्थ्यमा कृषि कलेज र मेडिकल कलेज स्थापना हुनुपर्ने लगायतका मागहरू राखेका थिए।
सम्मान ग्रहण गर्दै नव निर्वाचित मेयर शिव शङ्कर महतोले महासङ्घलाई स्वागत गर्दै आफू पनि किसानको छोरा नै छु भन्दै धनगढीमाई नगरपालिकामा रहेको बाझो जग्गामा खनजोत गरी कृषि क्षेत्रमा आबद्ध गर्ने मेयर महतोले बताए।
महासङ्घ संग समन्वय सहकार्य गर्न नगरपालिका तयार रहेको बताए।हामीले नै समाजलाई बिगारेका हौँ,समाजलाई स्वावलम्बी बनाउनु पर्ने कुरामा जोड दिनु भयो।
महासङ्घका कार्यक्रम परियोजना अधिकृत दिलीप कुमार साहका अनुसार किसानलाई परिचयपत्र किसान सूचीकरण,बजेट निर्माण किसानहरूलाई वर्गीकरण सहितको कार्यक्रमहरू ल्याउनु पर्नेमा जोड दिनु भयो।आम्दानी र जग्गाको आधारमा जोड्नु किसान वर्गीकरणमा जोड दिनु भयो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।