जातीय अभिव्यक्ति दिने वडा अध्यक्षले सार्वजनिक रूपमा मागिन् माफी



ज्येष्ठ २२ गते दिलमाया विकलाई पार्वती चापागाईँले सालको पात टपरी दलितले छुँदा छोइने भन्दै आफू माथि जातीय विभेद भयो भनी प्रहरीमा उजुरी गरे पछि जातीय विभेद बारेमा दुई पक्षीय छलफल भएको थियो । उक्त विषयलाई लिएर विनयी त्रिवेणी गाउँपालिका वडा न २ कि वडा अध्यक्ष पुष्पा आलेले सार्वजनिक रूपमै परम्परा देखि चली आएको संस्कार मान्ने , सानो जातको सानै बुद्धि भन्दै आरक्षण कोटा किन दिएको दलितलाई भन्दै जातीय अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिले जातीय विभेदकारी र सिङ्गो समुदायको आत्मसम्मान चोट पुगेको भन्दै त्रिवेणी गाउँ पालिकाका दलितहरूले नारा जुलुस सहिद कोण सभा गरी वडा अध्यक्षलाई स्पष्टीकरण समेत मागेका छन् । जातीय विभेद अन्त्य गर , जातीय विभेदको पीडितलाई न्याय दे! वडा अध्यक्ष पुष्पा आलेले दिएको अभिव्यक्ति मुर्दा बात ! भन्दै नारा जुलुस गरेका थिए। समता सामुदायिक मिलन समाज दुम्कि बासको आयोजनामा उक्त कार्यक्रम भएको हो ।कार्यक्रममा समाजका अध्यक्ष दल बहादुर विकले भर्खर नवनिर्वाचित अध्यक्षले यसरी सिङ्गो दलित समुदायलाई यसरी अभिव्यक्ति दिनु गलत भएको र उहाँ जित्नुमा पनि दलित समुदाय कै भोटले हो भन्दै सिङ्गो दलित समुदायको आपत्ति रहेको बताए । जातीय समता समाज गण्डकी प्रदेश इन्चार्ज रन बहादुर रिजाल , सामाजिक अभियान्ता देब परियार , निशा सुनारले आम माफी माग्नु पर्ने बताएका थिए । आन्दोलन गरेका दलित अधिकारकर्मी र वडा बासी वडा कार्यालयमा नै वडा अध्यक्षसङ स्पष्टीकरण माग्न आन्दोलन गर्दै पुगेका थिए । वडा अध्यक्ष पुष्पा आलेले आफ्नो अभिव्यक्तिले चोट पुगेकोमा क्षमा मागेकी छिन् ।आफू सधैँ वडा बासीको हित र विकासमा सधैँ लाग्ने बताएकी छिन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्