दार्चुलामा ४० वर्षीया एकल महिलालाई जिउँदै ज’लाएर ह’त्या गरियाे



दार्चुला । दार्चुलामा एक महिलाको ह’त्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको ह’त्या गरिएको हो ।
घर नजिकैको खरको लुटो मा आगो लगाएर ती महिलाको ह’त्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
घटनाको कारण भने खुल्न नसकेको उनले बताए । खडायतको शव गए राति फेला परेको वडा नं १ का वडाध्यक्ष भरत खडायतले जानकारी दिए । उन काका श्रीमान्को सात वर्ष अघि मृ’त्यु भइसकेको छ । खडायतका दुई छोरी र एक छोरा छन् ।घटनामा सङ्लन रहेको आशङ्कामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई प’क्राउ गरेको छ ।शङ्कास्पद एक जना फरार रहेको बताइएको छ । घटनाको अनुसन्धान गर्न डिएसपी विष्ट घटनास्थलमा गएका छन् ।प्रहरी चौकी बलाँच र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको टोली पनि घटनास्थलमा गएको छ
News 24 बाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्