राहत वितरण गर्न लहान २४ खपटेडाडा पुगेका मेयर चौधरी सम्मानित



सिराहा लहान २३ जेठ – लहान नगरपालिकाका नव-निर्वाचित मेयर महेश प्रसाद चौधरीले सङ्गीता स्मृति प्रतिष्ठान द्वारा लहान २४ का विपन्न बस्तीमा राहत वितरण गरिएका छन्। राहत वितरण गर्न गएका चौधरीलाई भव्य स्वागत र सम्मान गरिएका छन्। मेयर चौधरीले समाज सेवाबाट उकासिएका उनी वैशाख ३० गते हुने स्थानीय निर्वाचनबाट लहान नगरपालिकाको अत्यधिक मतले मेयर बन्न सफल भएका चौधरीको श्रीमती सङ्गीता कर्माचार्यले कोरोना महामारीमा पहिलो पल्ट माक्र्स र सेनिटाईजर लिए तेहि बस्तीबाट अभियान सुरु गरेका थिए। स्वर्गीय सङ्गीता कर्माचार्यको सपना पुरा गर्न मेयर चौधरीले अभियान सुरु गरेकै ठाउँबाट उनले मेयर भए पश्चात् ऊनी ७० घर घुरी दलित र विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।मेयर चौधरी विगत ३ वर्ष देखि निरन्तर समाजसेवामा लागिएका हुन्।खुसी हुँदै राहत पाउँदै विपन्न परिवारले मेयर चौधरीलाई भव्य स्वागत र सम्मान गरिएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्