मूर्ति त मैले कुदेको हो तिमीले पुज्न नदिए पनि



कविता
तिमीले र मैले खाने भात फरक भए नि
चपाउने त सबैले हो दाँत फरक भए नि ।
आकाश त एउटै हो घरको छाना फरक भए नि
निन्द्रा त एउटै हो बिस्तारा फरक भएन नि ।
हावा त एउटै हो फेर्ने सास फरक भए नि
कुवा र धारा त एउटै हो भर्ने भाडा फरक भए नि ।
टेक्ने जमिन त एउटै हो पाइला फरक- फरक भए नि
खन्ने औजार त मैले बनाएको हो जमिन तिम्रै भए पनि ।
भगवान् त एउटै हो मन्दिर फरक -फरक भए नि
मूर्ति त मैले कुदेको हो तिमीले पुज्न नदिए पनि ।
भान्छा त एउटै हो चुलो फरक- फरक भए नि !
भाँडाकुँडा त मैले बनाएको हो तिमीले छुन नदिए पनि !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्