Banner First

मूर्ति त मैले कुदेको हो तिमीले पुज्न नदिए पनि

By Saru Sunar

June 08, 2022

कविता तिमीले र मैले खाने भात फरक भए नि चपाउने त सबैले हो दाँत फरक भए नि । आकाश त एउटै हो घरको छाना फरक भए नि निन्द्रा त एउटै हो बिस्तारा फरक भएन नि । हावा त एउटै हो फेर्ने सास फरक भए नि कुवा र धारा त एउटै हो भर्ने भाडा फरक भए नि । टेक्ने जमिन त एउटै हो पाइला फरक- फरक भए नि खन्ने औजार त मैले बनाएको हो जमिन तिम्रै भए पनि । भगवान् त एउटै हो मन्दिर फरक -फरक भए नि मूर्ति त मैले कुदेको हो तिमीले पुज्न नदिए पनि । भान्छा त एउटै हो चुलो फरक- फरक भए नि ! भाँडाकुँडा त मैले बनाएको हो तिमीले छुन नदिए पनि !