युवा तथा खेलकुद बिभागमा एकेडेमीका अध्यक्ष आचार्यसहित चार जना,काठमाण्डौमा सपथ



काठमाडौँ । नेकपा एमालको युवा तथा खेलकुद बिभागमा सपथ ग्रहण सम्पन्न भएको छ । सपथसंगै बिभागको बैठक पनि बसेको थियो । बुधबार काठमाण्डौमा आयोजित कार्यक्रमबिच एमाले महासचिब शंकर पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

लिला थापा प्रमुख रहेको २१ सदस्यीय बिभागमा मदन भण्डारी स्पोर्टस एकेडेमीबाट अध्यक्ष ध्रुब आचार्यसहित चार जना पर्नु भएको छ । आचार्यसंगै एकेडेमीका उपमहासचिबद्धय सुवर्ण श्रेष्ठ र मदन उप्रेती तथा सल्लाहकार प्रा.पशुपति अधिकारी रहनु भएको छ ।

सबैलाई सपथ ग्रहण गराउँदै पार्टी महासचिब पोखरेलले एमालेले मात्रै खेल र युवाहरुको हित गर्ने बताउनुभयो । उहाँले राष्ट्र निर्माणको अभियान सफल पार्न खेलाडी र युवाहरुको सकृयता जरुरी रहेको पनि बताउनुभयो ।

सो अवसरमा नेकपा मसाल परित्याग गरी एमाले प्रवेश गर्नु भएका बाग्लुङका युवा नेता सञ्जाल शर्मालाई पनि बिभागको सदस्यको रुपमा सपथ गराइएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्