कपिलवस्तु । राष्ट्रिय मदरसा सङ्घ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अलकूफी ले रजिस्टर्ड भएका मदरसा लाई नेपाल सरकारले दिँदै आएको अनुदान बढाउनु पर्ने माग गरेका छन् l
महँगाई बढेको तथा कर्मचारी, शिक्षक लगायतको हरूको तलब १५ प्रतिशतले वृद्धि गरेको बताउँदै मदरसामा दिँदै आएको अनुदान रकम बढाउनु पर्ने राष्ट्रिय मदरसा सङ्घ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अलकूफीले सरकारले यस विषयमा गम्भीरता पूर्वक सोच्नु पर्ने बताए ।
मदरसको व्यवस्थापन गर्न सरकारले आधारभूत तह (१-५) मा दुई लाख एक्चालीस हजार, आधारभूत तह आठ कक्षा सम्म संचालन रहेकोमा पांच लाख तथा आठ कक्षा देखि माथि संचालन रहेका तथा रजिस्टर्ड भएका मदरसालाई दश लाख बार्षिक दिँदै आएको अनुदान रकम बढाउनु पर्ने आवस्यकता रहेको राष्ट्रिय मदरसा सङ्घ नेपालका महासचिव मौलाना मशहूद खां नेपालीले बताए l
राष्ट्रिय मदरसा सङ्घ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य जहिर अहमद बरेलवी, निजाम खान लगायतले समेत मदरसामा दिँदै आएको अनुदान रकम बढाउनु पर्ने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।