टप फिचर

कविताः कुरो बुझ

By Thaha - Online

June 11, 2022

रोजगार दिन्छौ  युवालाई, पठाउँछौ  खाडीमा, रेमिटेन्समा  मोज  गरेर, हुइँकिन्छौ  गाडीमा।

घरमा पैसा हाल्छन् बिचरा,श्रीमतीकै नाउँमा श्रीमती घुम्दछन् अर्कै सँग, घुम्दै रम्दै गाउँमा!

 भाषण गर्छन् रोजगार नै, दिन्छौँ गाउँमै भन्दै रेमिटेन्स गन्दै बस्छन् नेता,सपनाहरू गन्दै।

रेमिटेन्सले नै तेल हाल्छन्, सबैले नै गाडीमा मतदान गर्ने अधिकार,छैन कतै खाडीमा।

देशमा खाडीको पसिनाले, चिसो चुलो नै जल्ने कठै! कस्तो विडम्बना हाम्रो, तिन्को मत नचल्ने!

रेमिटेन्सले उद्योग खोल,मल कारखाना हो ल अलिकति भए पनि तिम्रा, अब त बुद्धि खोल।

बाहरूले टेक्नु पर्ने लौरो, युवाहरूले टेके! युवाहरू जागे है अब त, राम्रो सपना देखे। 

राज कुमार कार्की  मे न पा-१५, झापा ।

धन्यवाद ।