सिराहा लहान – सिराहाको लहानमा नेपाल कृषक समूह सञ्जालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ।
सञ्जालको केन्द्रिय अध्यक्ष शुभ नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा केन्द्रिय सल्लाहकार देवनाथ साह रहनु भएको थियो।
समूह सञ्जाल नेपालको ३८ वटा जिल्लामा सङ्गठन रहेको केन्द्रिय पदाधिकारी जयनारायण यादवले बताए।दोस्रो राष्ट्रिय भेलामा नेपालका अधिकांस जिल्लाका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले बताए।
विगत लामो समय देखि कृषि क्रान्ति गर्दै आएका सङ्गठन हुन् ।किसानका समस्यालाई लिएर आवाज बन्दै आएका छन्।विभिन्न किसिमका समस्या झेल्दै सञ्जालले किसानको समयमा मल खाद बीउ,उचित मूल्यमा प्रबन्ध हुनु पर्ने मुद्दामा जोड दिँदै निर्धारण र किसानहरूले उत्पादन गरिएका उपचको सही मूल्य निर्धारण र सही बजारीकरण लगायतका मुद्दामा आवाज उठाउँदै आएका छन्।कार्यक्रममा दर्जनौँ वक्ताहरूले किसानका हक हितका विषयमा जोड दिएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।