सिसहनियाँ ३० जेठ । आकाशे पानीको भरमा लगाइने मकै बाली पानी नपर्दा दाङ देउखुरीको पहाडी क्षेत्रका किसानहरू चिन्तित भएका छन् ।
राप्ती गाउँपालिका र लमही नगरपालिकाको पहाडी भेग करङ्गेकाेट,चित्रिकाेट,थकरीकाेट,बाैराहाका किसानहरू समस्यामा परेका छन्।
सिचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा मकै खेती गर्दै आएका किसानले जेठको अन्तिम सम्म पनि मकै राेप्न पाएमा छैनन् । समयमै मकै राेप्न नपाउँदा उत्पादन घट्न सक्ने भन्दै किसानहरू चिन्तित भएका छन् ।
मनसुन सुरुआत हुने समय भएता पनि यस क्षेत्रमा पानी नपर्दा किसानहरूको खेतबारी बाँझो हुनुका साथै पशुचाैपायलाई चरिचरणमा समेत समस्या भएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।