सिसहनियाँ ३ असार । दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा निवासी अन्दाजी ४०/४५ वर्षका मोहन चाैधरीको मृत्यु भएको हो । आज बिहान ६:३० बजेको समय घर नजिक मोटर लगाएर धान खेतमा सिचाइ गर्ने बेलामा घरबाट जोडेको करेन्ट लागेर उनको मृत्यु भएको हो ।
गम्भीर घाइते चौधरीलाई उपचारका लागि लमही अस्पताल लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शवलाई पोस्ट मार्टमका लागि शव गृहमा राखिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।