२ चैत, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।
शुक्रबार सपथ लिएपछि पदभार ग्रहण गर्दै उनले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
मन्त्री अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी एक महिनाभित्र टुंग्याउने निर्णयमा पनि हस्ताक्षर गरेका छन् ।
मन्त्री अधिकारीले भारत र चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने पनि प्रतिवद्धता जनाएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र पोखरा भए पनि निजगढ विमाानस्थललाई पहिलो प्राथमिकतामा राख्ने पनि बताएका छन्

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।