लहानका अधिकांश होटेलमा म्याद गुज्रिएका समान बरामद 



लहान, ३ असार – लहान नगरपालिकामा बजार अनुगमनमा निरन्तरता दिएका छन्। लहानका उप-प्रमुख राम चलितर महतोको अनुगमन टोलीले पसल उद्योग अनुगमन गरेका छन्।
पैसा तिरेपछि स्वस्थ, स्वच्छ तथा ताजा खानेकुरा पाउनु पर्ने हो । तर, लहानमा ठिक उल्टो अखाद्य पदार्थबाट बनेको खाना पकवान होटलहरुमा फेला परेको छ । बजार अनुगमन समितिले लहानमा अनुगमन गर्दा यस्ता म्याद गुज्रिएको पकवान बनाउने मासु,मेदा,खाने तेल म्याद गुज्रिएको समान फेला पारेको छ।

योसँगै लेबल विनाको भुजिया, दही र प्रतिबन्धित दूधको धुलो अनुगमन समितिले फेला पारेको छ।होटेलमा पकाउन ल्याउने मेदा, मासु, खाने तेल, दही नै म्याद गुज्रिएको छ भने त्यसबाट बनाउने पकवान त्यसै विषसरह म्याद गुज्रिएको हो।यसमा स्टोर तथा डिलरलाई जाँच गर्नुपर्ने हो स्थानीय उपभोक्ता जगदीश मण्डल बताउँछन्।

एक होटेलले किराना पसलबाट खाने तेल आजै किनेर ल्याउँदा म्याद गुज्रिएको पाइएको छ।सो निलमनी नामक खाने तेल बजारमा म्याद गुज्रिएको अनुगमन समितिले फेला पारेको छ । त्यसै गरी वीरगन्ज खाद्य परवानीपुर पर्साबाट उत्पादित मेदा अधिकांश होटेलमा म्याद गुज्रिएको फेला पारेको छ। मेदा ४५ दिनभित्रै प्रयोग गर्नुपर्ने लेखिएको भएपनि ६५—७० दिन बितिसकेको फेला पारेको छ।

त्यसै गरी, फ्रिजमा राखिएको मासु, खुला रुपमा राखिएको तथा झिँगा भिन्केको मासु फेला पारेको छ। मासु पसलमा व्यापक फोहोर रहेको  र अखाद्य पदार्थको प्रयोग भएको समान फेला पारेको छ।पशु एग्रो पसलमा समेत म्याद गुज्रिएको औषधी अनुगमन समितिले फेला पारेको छ । मिल्को डेरी उद्योगमा नेपालमा प्रतिबन्धित दूधको पाउडर समितिले फेला पारेको छ ।

मिल्को डेरीको प्रतिबन्धित दुध पाउडर कमाउन्डभित्रै  नष्ट गरिएको छ।अनुगमन समितिले होटल, मासु पसल, एग्रोभेट, डेरी उद्योगलाई व्यवस्थापन तथा म्याद गुज्रिएको समान नराख्न तथा फोहोर व्यवस्थापन गर्न १५ दिनको समय दिएको छ ।

लहान नगरपालिका पशु विकास शाखाको स्वीकृत कार्यक्रम अनुसार उपमेयर रामचलितर महतोको अगुवाइमा लहान बजार अनुगमन गरिएको छ ।अनुगमन समितिमा खाद्य सुरक्षा तथा गुणस्तर विकास कार्यालय राजविराजका सुरेन्द्र कुमार सिंह लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमन्द भुसाल,लहानका पशु विकास अधिकृत राम कृष्ण यादव,लहान प्राविधिक शिक्षालयका डा.ललित कुमार यादव,लहानका जन स्वास्थ्य अधिकृत जगदीश मण्डल,पशु विकास स्वास्थ्य अधिकृत छैठाे बिशेश्वर प्रसाद चौधरी,इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव निरीक्षक बिरेन्द्र प्रसाद यादव, नेपाल पत्रकार महासङ्घका केन्द्रिय पर्साद सदस्य दिनेशवर गुप्ता, पत्रकार फिरोज शेख, गोर्खा टेलिभिजनका सिराहा सुम्बादाता महेश सिंह, लहान १५ का वडा अध्यक्ष तथा लहान अनुगमनका प्रतिनिधि तेज नारायण चौधरी लगायतका व्यक्तिहरूले बजार अनुगमन गरेका छन्।बजार अनुगमनलाई निरन्तरता दिने उपमेयर रामचरितर महतो बताउँछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्