टप फिचर

धादिङमा मलामी सवार गाडी दुर्घटना

By Thaha - Online

June 18, 2022

धादिङ। धादिङमा मलामी सवार गाडी दुर्घटना हुँदा २६ जना घाइते भएको छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ। सदरमुकाम धादिङबेसीबाट मलामी लिएर धादिङकै मैदी जाँदै गरेको बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति सडकमा पल्टिएर दुर्घटना भएको हो।

राति ११ बजे धादिङको नीलकण्ठ नगरपालिका ८ मैदी भज्याङमा सडकमै गाडी पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी जागेश्वर भण्डारीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका ५ जनालाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारको लागि राति नै ट्रमा सेन्टर, काठमाडौं पठाइएको छ।बाँकी घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। केही घाइते उपचार पछि ठिक भएर घर फर्किएका छन्।