एसीसी च्याम्पियसिप : नेपाल कुवेतसँग भिड्दै



काठमाडौं। एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत आज शनिबार नेपाल कुवेतसँग भिड्दैछ। मलेसियाको क्वालालम्पुरस्थित किन्रारा मैदानमा यी दुई देशबीचको खेल आज दिउँसो पौने १ बजे सुरु हुनेछ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ। कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । यसअघि शुक्रबार भएको खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्