आज १४ जना कोरोना संक्रमित थपिए



काठमाडौं। पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५९० पीसीआर परीक्षणमा ११ जना र ९४४ एन्टिजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ११ जना डिस्चार्ज भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १०४ रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्