दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड सम्पन्न



काठमाडौं : दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ। ब्राण्डरूट इन्टरटेनमेण्टप्रालि काठमाडौँको आयोजनामा भएको अवार्डमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको सभापतिप्रालिका कानुनी सल्लाहकार तथा गीतकार शशि शर्मा मजगैयाँ रहेका थिए।

कार्यक्रममा डिजिटल प्रविधिबाट राजेन्द्र अर्याल, विशिष्ट अतिथि गीतकार सुरेश अधिकारी, ब्रान्ड रुट इन्टरटेनमेण्टप्रालिका संरक्षक बलिभद्र राना, गायक चन्द्र शर्मा, गायक बद्री पङ्गेनी र समाजसेवीसरु सुनार अतिथि रहेका थिए।

अवार्डबाट लाइफ टाइम अचिभमेण्टमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ गायक अमरबिरही गुरुङ, गीतकार श्रष्टाबाट बद्री पाण्डे, दशकका श्रष्टाबाट करण न्यौपाने, दशकका मोडलबाट सनम कठयता र राष्ट्रिय पत्रकारिता सम्मानबाट नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेललाई सम्मान गरिएको छ।

गीतसङ्गीतका विभिन्न विधाका गरी ४४ विधामा अवार्ड वितरण गरिएको आयोजक ब्राण्डरूट इन्टरटेनमेण्टका निर्देशक सुनिल बिसीले बताए।

सर्वोत्कृष्ट राष्ट्रिय गीतबाट गायक प्रकाश सपुत, भाषा भाषी गीतबाट युवाराज मगर, अन्तर्राष्ट्रिय गीतकारबाट विमल पौडेल, चलचित्र गायकबाट सुरेश लामा, चलचित्र गायिकाबाट अस्मिता अधिकारी, चलचित्र गीतकारबाट दिग्गजदौरालीचलचित्र सङ्गीतकार वाट अर्जुन पोख्रेल, सर्वोत्कृष्ट सुगम सङ्गीत गीत गायकबाट गायक प्रमोद खरेल, सुगम सङ्गीत गीत गायिकाबाट एलिना चौहान, सुगम सङ्गीत गीतबाट सन्तोष केसी, सुगम सङ्गीत गीत सङ्गीतबाट रोशन सिंह, सुगमसंगीत गीत नव गायकबाट रन्जनराई, सुगम सङ्गीत गीत नवगायीकाबाट अनु अधिकारीले अवार्ड पाइन्।

सुगम सङ्गीत गीत नवगीतकार भूपेन्द्र बुढाथोकी, सुगम सङ्गीत गीत नवसङ्गीतकार सन्तोष सुनार, सर्वोत्कृष्ट सुगम सङ्गीत गीत मोडलबाट विक्रम पुरुष बुढाथोकी, सर्वोत्कृष्ट सुगम सङ्गीत गीत मोडल महिलाबाट स्मारिका ढकाल, सुगम सङ्गीत गीत नव मोडल पुरुषबाट नयन सिंह, सुगम सङ्गीत गीत नव मोडल महिलाबाट प्रिया गोले, सर्वोत्कृष्ट सुगम सङ्गीत गीत निर्देशकबाट विक्रम चौहान, सर्वोत्कृष्ट लोक दोहोरी गीत गायकबाट नेत्र भण्डारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत गायिकाबाट जानुका तामांङ्ग, सर्वोत्कृष्ट लोक दोहोरी गीत शब्दबाट प्रद लामिछाने, सर्वोत्कृष्ट लोक दोहोरी गीत भाकाबाट श्रीकृष्ण बम मल्ल, सर्वोत्कृष्ट लोक दोहोरी गीत मोडल अभिनय पुरुषबाट विमल अधिकारी,  सर्वोत्कृष्ट लोक दोहोरी गीत मोडल अभिनय महिलाबाट साया भण्डारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत नृत्य मोडल पुरुषबाट ओबी रायमाझीले अवार्ड पाए।

यस्तै सर्वोत्कृष्ट लोक दोहोरी गीत नृत्य महिलाबाटरुबिना अधिकारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत छांयाकनबाटनवराज उप्रेती, सर्वोत्कृष्ट लोक दोहोरी गीत सम्पादनबाट प्रविन भट्ट, सर्वोत्कृष्ट लोक दोहोरी गीत सङ्गीत संयोजनबाट सुनिल परियार, सर्वोत्कृष्ट लोक दोहोरी गीत निर्देशकबाट दिपेन्द्रतिम्सिना, लोक दोहोरी गीत गायकबाट नव प्रकाश दुतराज दोहोरी गीत गायिकाबाटदिशान्ति परियार, लोक दोहोरी गीत शब्दबाट बादल घिमिरे, लोक दोहोरी गीत भाकाबाट प्रकाश पराजुली लोक दोहोरी गीत मोडलबाट नव पुरुष विजय पुन, लोक दोहोरी गीत मोडल नव महिलाबाट रबिना भण्डारी, सर्वोत्कृष्ट सुगम सङ्गीत संयोजनबा>बिशाल निरौला, सर्वोत्कृष्ट सुगम सङ्गीत सम्पादन मिलन विश्वकर्मा, सर्वोत्कृष्ट कोरियोग्राफरबाट शम्भू साही, सर्वोत्कृष्ट रेकर्डिस्टबाट सुमन राणा, सर्वोत्कृष्ट ध्वनि मिश्रणबाटखडकबाजुराली सर्वोत्कृष्ट युगल गायनबाट युवराज मगर, सर्वोत्कृष्ट सुगम सङ्गीत छायाङ्कनबाट प्रकाश खड्का, साथै पब्लिक च्वाइस अवार्ड मोडल नवबाटअन्सुबर्माबाट अवार्ड पाएका थिए।

त्यस्तै सर्वोत्कृष्ट पलपुर गीत गायिकाबाट सुनिता तिम्सिना, सर्वोत्कृष्ट मल्टिट्यालेण्ट अवार्डबाट नरेश खाती, उत्कृष्ट कलाकारबाट लक्ष्मण श्री, सर्वोत्कृष्ट लोक दोहोरी गीत गायक जुरीबाट यज्ञ बिक, सर्वोत्कृष्ट सुगम सङ्गीत छायाङ्कनबाट अजय रेग्मी, सर्वोत्कृष्ट लोक दोहोरी गायिका जुरीबाट सुमित्रा कोइराला, सर्वोत्कृष्ट लोक दोहोरी गीत नृत्य मोडल महिला जुरीबाट गीत ढुङ्गाना, सर्वोत्कृष्ट सुगम सङ्गीत गीतकार जुरीबाट वीरेन्द्र कुमार बलामी, सर्वोत्कृष्ट लोक दोहोरी अभिनय मोडल पुरुष जुरीबाट महेन्द्र गौतम, सर्वोत्कृष्ट लोक दोहोरी गीत मोडलनबबाटकृष्ण सापकोटा, सर्वोत्कृष्ट भाषा भाषी गीत जुरीबाट प्रेम विवश घर्ती, सुगम सङ्गीत मोडल महिला जुरीबाट रक्षा बुढाथोकी, नवप्रतिभा गायक लोक दोहोरीबाटसबिन चौहान, नवप्रतिभा लोक दोहोरी गायिकाबाट शर्मिला रायमाझी, नवप्रतिभा लोकदोहोरी गायिकाबाट मायापार्धे नवप्रतिभा सुगम सङ्गीत गीतकारबाट मिरा गीतरी नव प्रतिभा मोडल लोक दोहोरी पुरुषबाट इश्वरबाबु नवप्रतिभा मोडल लोक दोहोरी महिलाबाट यमुना रसाइली, सर्वोत्कृष्ट प्रोत्साहन गायकबाट अङ्कित न्यौपाने, सर्वोत्कृष्ट सिरियल मोडलबाट अभिनेत्री अनिता बस्नेतले अवार्ड पाएको निर्देशक बिसीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्