पूर्व अर्थमन्त्री महतलाई बोतल प्रहार



नुवाकोट २ चैत
पूर्व अर्थमन्त्री रामशरण महतमाथी आफनै जिल्ला नुवाकोटमा आक्रमण भएको छ ।

जिल्लाको दुप्चेश्वर गाउपालिकामा आयोजित एक कार्यक्रममा आफ्नो भनाई राखिरहेको समयमा एक युवाले उनको टाउकोमा ताकेर बोत्तल हानेका छन ।
दुप्चेश्वर र तादी गाँउपालिका जोड्ने भुतखोल्चीमा बिहिवार पक्कि पुलको शिलान्यास कार्यक्रममा महतलाई बोतल प्रहार गर्ने दुप्चेश्वर–३ का रामहरी खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

शिलान्यास कार्यक्रम समारोह चलिरहेको समयमा करिब पाँच बजेतिर अकस्मात महतलाई पानीले भरिएको बोत्तल प्रहार गरेर गालीगलौज गर्न थालेपछि ३१ वर्षका खड्कालाई लगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख बसन्त कुंवरले जानकारी दिनुभयो।

खड्कालाई सार्वजनिक अपराध मुद्धामा जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थपगरी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्