प्युठानको माण्डवी गाउँपालिकामा परिवर्तित पाठ्यक्रम प्रबाेधिकरण सम्बन्धी तालिम सम्पन्न



 

प्युठानको माण्डवी गाउँपालिकामा एक दिने परिवर्तित पाठ्यक्रम प्राधिकरण सम्बन्धी तालिम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय एकाई खलंगा प्युठानको सहयोग र माण्डवी गापाकाे आयोजनामा माध्यमिक माध्यमिक विद्यालय नयाँ गाउँमा भएको एक दिने पाठ्यक्रम प्राधिकरण तालिममा विभिन्न विद्यालयका ६५ जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

माण्डवी गाउँपालिका शिक्षा शाखाको आयोजनामा सञ्चालन भएको तालिममा कक्षा ४,७,९ को परिमार्जित पाठ्यक्रमबारे जानकारी गराइएको थियो । शिक्षण सिकाइ क्रियाकलापलाई उपलब्धिमूलक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको माण्डवी गाउँपालिका शिक्षा प्रमुख तुल्सि कार्कीले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण प्युठान न पा शिक्षा अधिकृत वासुदेव पण्डित, झिमरुक गा पाका शिक्षा अधिकृत मोहन बुढा क्षेत्री लगायत माण्डवी गा पा अन्तरगतका राेष्टर विज्ञ शिक्षक रुले गर्नु भएकाे थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्