एरिका कमर्सियल ग्रुपले वैशाख २० गते देखि काठमाडौँ सरसफाइ अभियान सञ्चालन गरेको छ । काठमाडौँको अव्यवस्थित फोहरले जनजीवन प्रभावित साथै वातावरण दुर्गन्धित त मात्र होइन विभिन्न रोगको सिकार समेत हुन सक्ने भन्दै जनमानसमा जनचेतना जगाउने उद्देश सहित सरसफाइ अभियान सुरु गरेको कम्पनीका सञ्चालक सुरेश विश्वकर्मा बताउँछन् ।एकातिर नगरपालिकाले समय मै घरमा फोहर व्यवस्थापन गर्न नसकेको र पब्लिकले पनि घरका फोहरलाई अरूका गल्ली , चोक , बाटोमा त्यतिकै फालिदिने हुँदा कमसेकम घरका फोहरलाई प्लास्टिकमा पोको पारी बाँधेर अरूलाई असर नपर्ने र व्यवस्थित तरिकाले फोहर राख्न समेत जनचेतना फैलाउन पर्दा यो आफैँमा लज्जास्पद कुरा रहेको कम्पनीको प्रबन्धक निर्देशक सरु सुनार बताउँछिन् ।सरसफाइ अभियानमा ग्रिन सिटी अस्पताल बसुन्धाराका प्रमुख लोक बहादुर टन्डनले एक जना ब्यक्तीले फोहर टिप्दै हिँडे पागल आयो भन्छन् तर धेरै जनाले फोहर टिपे अब देश बन्ने भयो भन्छन् त्यसैले सबै युवाहरू सरसफाइ अभियान जोडिन अनुरोध गर्दै ग्रिन सिटी अस्पतालले सरसफाइ अभियान गर्दै आएको जानकारी गराए । सरसफाइ गर्दा कसैलाई चोट पटक लागेमा उपचार निःशुल्क गरिदिने समेत बताए ।
कम्पनीले निरन्तर २ महिना देखि काठमाडौँको विभिन्न ठाउँमा फोहर उठाउदै जनचेतना फैलाउदै रहेको छ । वसुन्धरा , पशुपति , स्वयम्भू ,पशुपति मन्दिर , बिजिमहल देखि धेरै ठाउँमा सरसफाइ गरिसकेको छ। कम्पनीले आफ्नै लागतमा दैनिक सरसफाइ अभियान सञ्चालन गर्दा मासिक ६ लाख भन्दा बढी खर्च भएको कम्पनीका सञ्चालक सुरेश विश्वकर्मा बताउँछन् ।
ग्रिन सिटी अस्पतालको सहकार्य रहेको यो अभियानमा , सगित मन सेवा समाज साथै अरू धेरै संस्थाले समेत सहकार्य गर्न खोजेको कम्पनीको प्रबन्धक निर्देशक सरु सुनार बताउँछिन् । अब भने कम्पनीले दैनिकी नभई हरेक शनिवार सरसफाइ अभियान सञ्चालन गर्ने सरु सुनार बताउँछिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।