शिक्षकको लापरबाहीले नौ सय विद्यार्थीहरुको भबिस्य अन्योलमा



सिराहा, लहान १९ असार – सिरहाको नवराजपुर गाउँपालिका ३ फुलवरीयामा रहेको सहिद रमेश महतो स्मृति विद्यालयमा शिक्षकहरूको लापरबाहीले करिब ९ सय विद्यार्थीहरूको भविष्य अन्योलमा परेका छन्।
पत्रकारहरूको एक समूहले छड्के अनुगमनमा पुगदाँ १३ जना शिक्षकहरू मध्ये ४ जना शिक्षक मात्र कार्यालयमा भेटीएका थिए।स्कुलमा पहिलाको तुलनामा गुणस्तरीय पढाई नहुँदा स्थानीय अभिभावकहरूले आक्रोशित भएका छन्। शिक्षकहरूले लापरबाही गर्दा शिक्षा विकास सिराहा र स्थानीय सरकार समेत मौन देखिएका छन्।
उक्त विद्यालयमा पढाई नहुँदा बाध्य भएर स्कुल छोडेर निजी विद्यालयहरूमा गुणस्तरीय शिक्षाको लागी जाने गरेको स्थानीयहरूले बताए।सहिद रमेश महतोको नाउँ भजाएर खाने शिक्षकहरूलाई कडा कारबाहीको माग गरिएका छन्। पत्रकारहरूको एक समूहले छड्के अनुगमनमा पुग्दा विद्यालयका प्रधान अध्यापक लगायत ८ जना शिक्षक समेत अनुपस्थित रहेका थिए भने निमित्त प्र.अ. महेश्वर यादव,लेखा पाल र विद्यालय सहयोगी बालदेव यादव र शिक्षक देवेन्द्र यादव मात्र स्कुलमा भेटिएका थिए। २०१९ सालमा स्थापना भएको विद्यालयको अवस्था यस्तो देखिएका छन्। बाल विकास सहित कक्षा १० सम्म स्कुल सञ्चालनमा रहेका छन्। शिक्षकहरूले सरकार तलब सेवा सुविधा लिने स्कुलले निर्धारण गरेको समय अब्धि भरी नबस्ने हाजिरी गरेर घर गई दिने काम गर्ने गरेका स्थानीयहरूको आरोप रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्