भारतको उदयपुरमा भएको घटना बारे मुस्लिम उलेमाहरू तथा इत्तेहाद नेपालद्वारा भर्त्सना



एजेन्सी – राजस्थानको को उदयपुर मा भाजपा पार्टीका प्रवक्ताले दिएको बयानको समर्थनमा पोस्ट गरेको भन्दै  युवकको हत्या गरेको घटनाको सबै तिर आलोचना हुन थालेको छ ।
भारतमा रहेका मुस्लिम उलेमाहरुले उक्त घटना कडा भर्त्सना गर्दै मानवता शर्मासार भएको बताएका छन् ।  त्यस्तै इत्तेहाद नेपालले उक्त घटनाको कडा भर्त्सना गर्दै मानवता शर्मासार भएको बताएका छन् । 

इत्तेहाद नेपाल  अध्यक्ष किफायतुल्लाह खानले भन्नू भयो पैगम्बर -ए – इस्लामका शानमा गरेका गल्तीले यस्ता घटना बाट मुस्लिमहरुको मनमा दु:ख पुगेको छ । तर उदयपुरको घटनाले भारतका मुस्लिम समुदाय लगायत नेपालको मुस्लिम समुदायको सिर निहुरिएको छ । उदयपुर जस्ता घटना गर्ने ब्यक्ती सहि ईस्लाम मानने वाला हुन मानना सकिदैन ।

यस्ता मान्छेहरु भारतमा रहेका मुस्लिम समुदायका शुभचिन्तक हुन सक्दैनन् । अहिले समाजिक सन्जालमा जुन भिडियो भाइरल बनेको छ त्यसको भासा सुनेर अन्दाजा लगाउन सकिन्छ कि ई ब्याक्तीहरुलाई इस्लामको ईल्मका अलिकति पनि ज्ञान छैन । यस्ता ब्यक्ती समूहले अमन र शान्ति भङ गर्न खोज्दै छन् यसको अनिवार्य जाँच हुन जरुरी रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्