भालुवाङ। दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ स्थित दक्षिण चुरे भएर उत्तर तर्फ बग्ने खहरे खोलामा फसेका महिलाहरूलाई प्रहरीले उद्धार गरेको छ ।
१६/१७ जनाको समूह भएर त्रिशक्ति सामुदायिक वन क्षेत्रमा च्याउ खोज्न गएका बेला खोलामा आएको बाढीले गर्दा उनीहरू फसेका थिए ।
मानिस खोलामा फसेको सूचना पाए लगत्तै रणसिंह दल गण लमही ब्यारेकका क्याप्टेन जमलदेव चौधरी, नं.२९ ज्वाला माई गण हेड क्वाटर भालुवाङका प्रहरी निरीक्षक धनञ्जय केसी, सशस्त्र प्रहरी बल नं. ४१ गण हेक्का अर्जुन खोलाका प्रहरी निरीक्षक रवीन्द्र कार्की, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापा, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रन्जु केसी लगायतको टोली घटनास्थलमा पुगेको थियो ।
राजपुर बेला गाउँपालिका वडा नम्बर २ बेला चप्फाका स्थानीय महिलाहरू च्याउ खोज्न जङ्गल गएर फर्किने समयमा (रसरी र माररी खोला मिलेर बनेको) सोमैथान नजिक रहेको दरबाजा खोलामा सत्र जना फसेका हुन ।
राती देखि पानी परिरहेको थियो, च्याउ उम्रेका होलान् भन्ने लागेर हामी सबै च्याउ खोज्न नजिकैको जङ्गलमा गएका थियौँ”- स्थानीय २८ वर्षीय अञ्जना विकले भनिन । खोलाको दुरी लामो छ, पानी परिरहेको थियो, खोला पार गरिहाल्छौ भनेर खोलामा पस्यौँ तर विचमै फसियो”- अन्जनाले भनिन ।
खोलाको दुवै तिरको हंगालो उर्लेर आएको देख्दा त् अब बाचीन्न जस्तो लाग्यो, घर परिवार सम्झेर रोए”- चप्फाकी ३५ वर्षिया निमा सुनारले भनिन। बिहान ९ बजे देखि दुई बजे सम्म भोक भोकै बस्नु पर्दा साह्रै चिन्ता लागेर आएको निमाले भनिन। अब पानी परेका बेला कहिले पनि यसरी घर बाहिर नजाने समेत उनको भनाई छ। बेलैमा प्रहरी आएर हाम्रो उद्धार गर्दियो भन्दै खुशी समेत प्रकट गरिन।
बिहान ९ बजे देखि खोलाको विच भागमा फसेका एक बालिका सहित दश जनामहिलालाई सशस्त्र प्रहरीको उद्धार टोलीले पाँच घण्टा पछि उद्धार गरेको हो। अठार जना मध्ये ९ जना निस्किन सफल भएका थिए भने बाँकी दश जना खोलाको विच भागमा फसेका थिए।
खोलाको बाढीमा फस्नेहरु राजपुर गाउँपालिका वडा नम्बर २ बेला चप्फाका २३ वर्षिया छवि सुनार, १७ वर्षिया बिनिता सुनार , २८ वर्षिया गीता सुनार, ३५ वर्षिया निमा सुनार, २३ वर्षिया लक्ष्मी सुनार, २२ वर्षिया एलिशा सुनार, २१ वर्षिया प्रमिला सुनार, ३० वर्षिया सुमित्रा सुनार, २८ वर्षिया अञ्जना सुनारर ९ वर्षिया अन्जनाकी छोरी सदिक्षा सुनार रहेका छन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।