ट्वीटर किन्ने एलनको घोषणा रद्द



काठमाडौं । अर्बपति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर किन्नको लागि आफ्नो ४४ अर्ब डलरको कबोल रद्द गर्ने भएका छन् ।

मर्जर सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै धनाढ्य मस्कले कबोल समाप्त गर्न लागेको बीबीसीले जनाएको छ । विश्वका सबै भन्दा धनाढ्य मस्कले यही अप्रिलमा ट्वीटर किन्ने घोषणा गरेका थिए । तर उनको पछिल्लो घोषणाले लामो समयदेखि चलिरहेको बहसमा नयाँ ट्विस्ट लिएको छ ।

ट्वीटरले स्पाम र नक्कली खाताहरूको संख्यामा पर्याप्त जानकारी नदिएकाले आफूपछि हटेको उनले बताएका छन् । सम्झौता कार्यान्वयन गर्न कानूनी कारबाही गर्ने योजना रहेको ट्वीटरले जनाएको छ । उल्लंघन गरेबापत मस्कले १ अर्ब ब्रेकअप शुल्क र सम्भावित मुद्दाको सामाना गर्नुपर्ने जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्