कृष्णनगर । मुस्लिम समुदायको दोस्रो महान् पर्व ईद उल अजहा (बकर ईद) नेपालमा अषाढ २६ गते आइतबारका दिन मनाइने भएको छ । राष्ट्रिय मदरसा सङ्घ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रिय मदरसा सङ्घ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र महासचिव मौलाना मसहूद खां नेपाली लगायत ले मुस्लिम समुदायको दोस्रो महान् पर्व ईद उल अजहा (बकर ईद) को शुभ अवसरमा स्वदेश तथा विदेश मा रहेका सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। यो पर्व हजरते इब्राहिम अलैहिस्सलाम को सम्झना मा मनाइने गरिन्छ।
। हरेक वर्ष मुस्लिम धर्म मान्ने करिब बिस लाख मानिस विश्व का विभिन्न देशबाट हज गर्न साउदी अरब पुग्ने अनुमान रहेको साउदी सरकार ले गरेको व्यवस्था प्रशंसनीय रहेको राष्ट्रिय मदरसा सङ्घ नेपाल का राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।