कविताः निर्जला एकादशी



आज निर्जला एकादशी आयो हिन्दुहरूका घर-घर।
संसारले भन्न थाले कोरोनाको कहरमा ॐ नारायण वरपर।।

 घर-घरमा रोपिन्छन् आज तुलसीको बीउ।
ठुली एकादशीमा रोपिन्छ आज रोपेको बेर्नाको जिउ।।

 खानु आज हलो नलागेको  मकैको नै अन्न ।
लाज नमानौँ हामी हिन्दुले ॐ नारायण नै भन्न।।

नखानु रे आज हलो जाेति फाली लागेको अन्न।
थाली सके अब त यूरोप अमेरिकाले पनि ॐ नारायण नै भन्न।।

थालिसके संसारले गीता रामायण महाभारत वेद पढ्न ।
तिमी भने होडबाजी गर्छौँ किन लोभ लालचमा परि धर्म परिवर्तन बन्न।।

के तिम्रो आत्माले सन्तुष्टि पाउला त  हिन्दु धर्म नै परिवर्तन गरी?
उँधै गति उँधै मति भएपछि मात्रै तिम्रा आँखा खुछन् कठै बरी।।

संसारमा जे जति बन्यो यही चार वेदको नै ज्ञानले।
संसार पाउँछौ हिन्दु धर्ममा एक पटक सोच त भित्री आँखा खोली ध्यानले।।

सरम मान्छन् ईश्वरको नाउँमा शपथ खान त्यो पर्दैन भन्दै हीही।
त्यसैले गर्दा यिनको हुदैछ  दिनानुदिन उँधो गति उँधो मति नै।।

राज कुमार कार्की 
मे न पा-१५, झापा ।
धन्यवाद ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्