२ चैत, काठमाडौंं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले निर्माणाधीन आयोजना निर्माण सम्पन्नलाई आफ्नो उच्च प्राथमकितामा रहेको बताएका छन् ।
आफू अर्थमन्त्री हुँदा निर्माण सुरु भएका आयोजना अहिलेसम्म निर्माण नसकिएकाले त्यस्ता आयोजनालाई उच्च प्राथमिकतामा राख्ने पुनले जानकारी दिए ।
पदबहाली गरेलगत्तै कर्मचारीलाई निर्देशन दिने क्रममा मन्त्री पुनले भने ‘कुलेखानी तेस्रो वषर्ाैअघि देखि निर्माण सुरु भएपनि अहिलेसम्म सकिएको छैन, त्यस्ता आयोजनाको तत्काल निर्माण सम्पन्न गर्ने मेरो प्रमुख प्राथमिकता हुनेछ । ‘
साथै उनले अब विद्युत् बाल्नका लागि मात्रै नभई खाना पकाउन तथा उद्योगधन्दामा समेत प्रयोग गर्न प्रोत्साहन गर्ने बताए ।
‘पूर्ण रुपमा उर्जामा आत्मनिर्भर हुनका लागि विद्युत नै भरपर्दाे हो, र यसमा पनि नेपालले जलविद्युतलाई उच्च प्राथमिकता दिनुपर्छ,’ मन्त्री पुनले भने ।
अहिले निर्माणाधीन आयोजनाको निर्माणमा उच्च प्राथमिकता दिँदै अन्य आयोजनाको
निर्माण पनि सुरु गर्ने उनको भनाइ छ ।
दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्नका लागि आधुनिक सिँचाइको विकास र यसबाट कृषि उत्पादन बढाउने उनको योजना छ । ऊर्जा मन्त्रीको पदबहाली गरेलगत्तै उनले भेरी बबई डाइभर्सनको लागि जग्गा प्राप्तीको फाइल अघि बढाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।