Banner First

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि बाटोमै सु’त्केरी

By Saru Sunar

July 21, 2022

बाजुरा- सुत्केरी बेथाले च्यापेपछि स्वास्थ्य संस्थामा पुगेकी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्ति कोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन्। स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि फर्कने क्रममा ३५ वर्षीया कार्तिका विकले बाटोमा नै बच्चा जन्माएकी हुन्। परिवारले उनलाई समयमा नै स्वास्थ्य संस्थामा लगेका थिए। तर स्वास्थ्य संस्थामा कोही पनि नभएपछि फर्कने क्रममा बाटोमा नै बच्चालाई जन्म दिएको खबर स्थानीय सञ्चारमाध्यम ले प्रकाशित गरेको छ। सार्वजनिक समाचार अनुसार वडा नम्बर २ मा रहेको माझ गाउँ स्वास्थ्य इकाई केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षीया विकले बाटोमा बच्चा जन्माएकी हुन् ।स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभेटेपछि फर्कने क्रममा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानीय बल बहादुर विकले बताएको विवरण सञ्चारमाध्यममा उल्लेख छ। वडा अध्यक्ष अजय बहादुर बिक का अनुसार माझ गाउँ इकाई स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका र उनीहरूको म्याद नथपिएका कारण स्वास्थ्य संस्था कर्मचारी विहीन भएको हो।