भारतको राष्ट्रपतिमा आदिवासी समुदायबाट प्रथम महिला द्रौपदी मुर्मू निर्वाचित




एजेन्सी
चौसट्ठी वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो। उनी सन्थाल समुदायकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू  यसअघि झारखण्डको गभर्नर भइसकेकी छन् ।  मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनीयताको सपथ लिनेछिन् ।द्रौपदी मुर्मूलाई सुरुदेखि नै भारी भइरहेको थियो ।
यसअघि दोस्रो चरणको मतगणनाको अन्त्यसम्ममा एनडीए उम्मेदवार द्रौपदी । मुर्मूले कुल मतको ७२ प्रतिशत मत प्राप्त गरिसकेकी थिइन् । पीटीआईका अनुसार दोस्रो राउन्डको गन्ती पूरा हुँदा अरुणाञ्चल प्रदेश, असम, बिहार, झार खण्ड, हरियाणा, हिमाञ्चल प्रदेश, छत्तिसगढ, गोवा र गुजरात गरेर १० राज्यका सबै सांसद र विधायकको मतगणना भइसकेको थियो ।
त्यस बेलासम्म करिब ६.७३ लाख भोटमध्ये द्रौपदी मुर्मूले ४.८३ लाख मत पाएकी थिइन् । जबकि उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले १ लाख ८९ हजार मात्रै मत पाएका थिए । द्रौपदीले जुलाई २५ मा राष्ट्रपतिको रूपमा शपथ लिने कार्यक्रम रहेको छ  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्