एजेन्सी । रुस र युक्रेनबीचको युद्ध चार महिनामा प्रवेश गरिरहँदा रुसले एकपछि अर्को गर्दै युक्रेनका विभिन्न शहरहरू कब्जामा लिएको छ । पछिल्लो समय रुसी सेनाले युक्रेनका दोस्रो ठूलो पावर प्लान्ट कब्जामा लिएको छ । साथै, दक्षिणी क्षेत्रमा सेनालाई पुनः तैनाथ गरेको छ ।
रुसी–समर्थित सैनिकले युक्रेनमा सोभियत युगको कोइलाबाट चल्ने पावरप्लान्टलाई कब्जामा लिएको जानकारी दिएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले पूर्वी डोनेट्स्क क्षेत्रमा प्लान्ट कब्जा गरेको पुष्टि गरिसक्नुभएको छ ।
रुसले युक्रनका विभिन्न शहरहरूमा रकेट र मिसाइल आक्रमण जारी राख्नुका साथै युक्रेनी शहरहरूमा रुसी सेनाको तैनाथी बढाएको छ । यद्यपि युक्रेनले भने रुसको प्रतिकार गरिरहेको भन्दै युद्धबाट पछि नहट्ने प्रतिक्रिया दिँदै आएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।