भदौ १ गतेदेखि बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने घोषणा



काठमाडौं । आगामी भदौ महिनादेखि काठमाडौँको फोहोर बन्चरेडाँडामा बिसर्जन गर्न नदिने सरोकार समितिले घोषणा गरेको छ । प्रभावित क्षेत्रको सरोकार समितिले आज पत्रकार सम्मेलन गरेर काठमाडौँ उपत्यकाको फोहोर भदौ १ गतेदेखि बन्चरेडाँडामा विसर्जन गर्न नदिने घोषणा गरेको हो ।

समितिका अध्यक्ष श्रीराम ढुङ्गानाले फोहोर मैला प्रशोधन प्लान्ट बन्चरेडाँडामा स्थापना गर्ने भनिएपनि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौँभित्रै खोल्ने र हरेक वडामा स्थापना गर्ने निर्णय गरेकाले बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिने बताउनुभयो ।

उहाँले विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने सवालमा कुनै चासो नदिइएको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको गुनासो गर्नुभयो ।

६ महिनाभित्र प्रभावित क्षेत्रको भूमि अधिग्रहण गर्ने र प्राविधिक टोलीले मूल्याङ्कन गर्नका लागि जनप्रतिनिसहितको टोली तत्कालै जाने भनिएको थियो । दुई महिनासम्म पनि कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्