कृष्णनगर भन्सार कार्यालयले समात्यो लाखौँ मूल्य पर्ने कपडा



कृष्णनगर । कपिलवस्तु जिल्लामा अवैध समानहरू भित्रिने सूचना पाए सँगै भन्सार कार्यालय कृष्णनगरले अवैध सामान समात्न सक्रियता देखाएको छ l नेपाली हरूको चाड हरि तालिका
तिज नजिक्दै गर्दा कपडा तस्करी बढ्ने क्रम जारी रहेको स्थानीयले बताउँदै आएका छन् ।

कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले कपिलवस्तु जिल्लाको गोरुसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउँदै गरेको लु.१. ख ७७७० नम्बरको ट्रकमा राति २:३० बजेको समयमा उक्त गस्ती टोलीले चेक जाँच गर्ने क्रममा भन्सार नगरेको २९ पोका कपडा लगायत अन्य कपडा फेला पारी ट्रक सहित चालक लाई नियन्त्रणमा लिइएको भन्सार कार्यालय कृष्णनगरले जनाएको छ ।

नियन्त्रणमा लिइएको कपडाको अन्दाजी मूल्य चौबीस लाख पर्ने भन्सार कार्यालय कृष्णनगरले जनाएको छ । पक्राउ गरिएको कपडा कसको हो भन्ने पत्ता नलागेकाले उक्त गाडीका चालकलाई नियन्त्रणमा लिई सोधपुछ गरी रहेको कुरा   कृष्णनगरका भन्सार कार्यालयका निमित्त प्रमुख ठाकुर गौतमले जानकारी दिए ।

गत हप्ता समेत कृष्णनगरका भन्सार कार्यालयले अवैध रूपमा नेपाल भित्र्याइएका ८१ रांगापाडा , २१५ खसी बोका पक्राउ गरी लिलाम बिक्री गरिसकेको कार्यालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्