काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् ।
उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हालै पारित भएको थियो । सभामुखबाट प्रमाणित भएसँगै उक्त विधेयक राष्ट्रपतिकोमा पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यन्वयनमा आउँछ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।