शुल्क वृद्धिको विरोध गर्दै अनेरास्ववियुले बुझायो ज्ञापन–पत्र



कपिलवस्तु, कपिलवस्तु जिल्लाका सामुदायिक क्याम्पसहरूमा भएको शुल्क वृद्धिको विरोध गर्दै नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले पब्लिक क्याम्पस सङ्घ कपिलवस्तुलाई ज्ञापन पत्र बुझाएको छ । शुल्क वृद्धि हटाउन माग गर्दै अनेरास्ववियुले सोमबार पब्लिक क्याम्पस सङ्घ कपिलवस्तुका अध्यक्ष डा. विनय पाण्डेयलाई ज्ञापन पत्र बुझाएको हो । विद्यार्थीहरूबाट सुल्क उठाएर मात्र सामुदायिक क्याम्पस चलाउनुपर्छ भन्ने मान्यता त्याग्नुपर्ने कुरामा जोड दिँदै अनेरास्ववियुले विषम परिस्थितिमा विद्यार्थीसँग चर्को शुल्क नलिन माग गरेको हो । अनेरास्ववियुका जिल्ला अध्यक्ष दयाराम पौडेलको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा विद्यार्थी माथि हुने अन्याय, अत्याचारका विरुद्धमा सङ्घर्ष र बलिदान गर्न जस्तोसुकै अवस्थामा पनि तयार रहने उल्लेख गरिएको छ । विद्यार्थीका रचनात्मक आन्दोलनलाई बेवास्ता गरी विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क वृद्धिलाई खारेज नगरिए अझ कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने समेत चेतावनी दिइएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेरास्ववियुका जिल्ला उपाध्यक्ष अन्जित खनाल, जिल्ला सह–सचिव हेमराज खनाल , जिल्ला सदस्य विकास भुसााल र सिद्वार्थ क्याम्पस कमिटी अध्यक्ष पशुपति गिरी लगाएको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्