पुरानै पालिका फर्किए प्रमुख प्रशासकीय अधिकृत



सिराहा लहान १७ श्रावण – सिराहाको विष्णुपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र कुमार महतलाई पालिका अध्यक्ष सत्यनारायण यादव लगायत पालिकाको कर्मचारी,कार्यपालिका सदस्य निर्वाचित वडा अध्यक्षहरूले अधिकृत महतलाई भव्य स्वागत गरेका छन्। पालिकाले स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी अधिकृत महतलाई स्वागत गरेका छन्।केही महिना अगाडी अधिकृत महतलाई सोही ठाउँबाट अर्कै ठाउँमा सरुवा गरेका थिए।महत पुरानै पालिकामा फर्किदा स्वागत तथा सम्मान गरिएका छन्। सोमबार देखी पालिकामा हाजिरी भएका अधिकृत महत नियमित पालिकाको काम सुचारु गर्ने पालिका अध्यक्ष यादवले बताए। सरकारी कर्मचारीहरूको सरुवा र बढुवा हुने परम्परा नै चल्दै आएका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्