Banner Second

प्रदेश १ को ट्राफिक इन्चार्जमा महतोको जिम्मेवारी

By Saru Sunar

August 01, 2022

सिराहा लहान १७ श्रावण – नेपाल प्रहरी र ट्राफिक प्रहरीमा दक्षता प्रदान गरेका र प्रहरी बुझिएका प्रहरी उपरीक्षक श्याम कुमार महतोलाई प्रदेश नम्बर १ का ट्राफिक इन्चार्जको जिम्मेवारी दिएका छन्। विगतमा मधेस प्रदेशको ट्राफिक इन्चार्जको जिम्मेवारी राम्रो निर्वाह गरेका उनी पुनः प्रदेश नम्बर १ का इन्चार्जको जिम्मेवारी पाएका छन्।पछिल्लो समय प्रहरी उपरीक्षक महतो अपराध अनुसन्धान विभागको जिम्मेवारी समालेका थिए। CIB मा राम्रो कामको मूल्याङ्कन गर्दै प्रहरी उपरीक्षक महतोलाई प्रदेश नम्बर १ को ट्राफिक इन्चार्जमा सरुवा गरिएका छन्। केही हप्ता अगाडी उनी मधेस प्रदेशको मुख्य मन्त्री मोहम्मद लाल बाबु राउतबाट उत्कृष्ट प्रहरीको दर्जा समेत पाएका थिए।