Banner Second

रातारात १२ वटा वडाको फोहोर उठायो काठमाडौं महानगरले

By Thaha - Online

August 12, 2022

काठमाडौं। काठमाडौं महानगरपालिकाले भित्री शहरका १२ वटा वडाको फोहोर बिहीबार राति उठाएको छ। महानगरपालिकाले नेवार समुदायको प्रमुख पर्व गाईजात्रा सुरु हुनु भन्दा अघिल्लो रात भित्री शहरी क्षेत्रमा पर्ने १२ वटा वडाको फोहोर सबै उठाएको हो। तत्कालका लागि फोहोर टेकुस्थित ट्रान्सफर केन्द्रमा लगेर राखिएको काठमाडौं महानगरले जनाएको छ।

महानगरपालिकाको बिहिबार बसेको कार्यपालिका बैठकमा वडा सदस्यहरुले कम्तिमा गाईजात्रा नगर परिक्रमा गर्ने क्षेत्रको फोहोर जसरी पनि उठाउनु पर्ने भनेपछि महानगपालिकाले रातारात भित्री शहरको फाहोर उठाएको हो ।

कार्यपालिकाको बैठकमा मेयर बालेन्द्र साह बालेनले आजैदेखि बञ्चरेडाँडाको गतिरोध खोल्ने गरी कुरा भईरहेको जानकारी दिएका थिए।