यता तिर गरेको बाचा पुरा गरे



चुनाबको बेलामा खेत खेतमा धान रोप्न र घर घरमा नमस्कार गर्न जाने नेताहरु र बिकट बाटोहरुमा बोकेर लानु पर्ने हाम्रो नेताहरुको मन चुनाबमा भोटको लागी आफुले जितेपछि सबै बनाइदिने बाचाहरु अर्को
चुनाब आउदा सम्म पनि तेही बाचा खान लाज मान्दैनन I हरेक समय आउदा तेही बाटो हिड्ने र बनाउने बाचा खाने नेताहरु जब चुनाब जितेर काठमनडुको दरबारमा पस्छन नोटको भारि संग सबै बाचाहरु बिर्सन
पुग्दछन त्यो पनि यसरि बिर्सनछन कि फेरि आउदा तेही बाचा कसमहरू दोराइरहेर बारम्बार चुनाब जित्ने साधन नै बनाउछन I यसरि ढुङ्गाहरु खोपेर बनायको बाटोमा कहिले सम्म जनताहरु पाइला अगाडी बढाइरहने
र जोखिमको जिन्दगी बिताई रहने ? नेता भनाउदाहरुले एक दुइ महिनाको सुख सुबिधा छोडेर यता तिर गरेको बाचा पुरा गरे साचिकै जिबन भरि लुटेको जनताको पैसा केहि भय पनि माफि हुने थियो कि?

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्