Banner Second

मौसम पूर्वानुमान : यी प्रदेशमा भारी वर्षाको सम्भावना

By Thaha - Online

August 28, 2022

काठमाडौं। आज (आइतबार)  बिहान देशैभरी सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ। त्यस्तै, देशका अधिकांश स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो भने देशभर सामान्यदेखि पूर्ण रुपमा बदली हुनेछ। त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।